प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पूर्व प्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तक्रिर्या गर्दै महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुनेसमेत बताए । पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरूले महानिरीक्षक