काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मनोनयनमा दुई दिन दिएकोप्रति असन्तुष्टि जनाएका छन्। इलामको फिक्कलमा आयोजित जनसभा सम्बोधनका क्रममा सत्ताधारी गठबन्धनको चाँजो मिलाउन समय मिलाएको आशंका व्यक्त गर्दै उनले भने, ‘सधैँ निर्वाचन आयोगले मनोनयन दर्ता गर्न एक दिनको समय दिन्थ्यो। यसपटक वैशाख ११ र १२ गते दिएको छ। दुई दिन किन चाहियो? पाँचदलीय गठबन्धनमा खटपट मिलाउन हो?' ओलीले मन्तव्यका क्रममा निर्वाचन आयोगले चुनाव चिह