सुनसरी जिल्लाको सदरमुकाम इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यवसायिक केरा खेतीमा लागेका छन् । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा ५० जनाभन्दा बढी किसानले केराको व्यवसायिक खेती थालेका छन् । तरकारीको उरर्व क्षेत्रको रुपमा परिचित सुनसरीमा केरा खेतीसँगै क्षेत्रफल पनि बढेको छ ।