ताप्लेजुङको गाउँपालिकालाई चीनले दियो स्काभेटर

२१ साउन, फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्‍याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ […]

सम्बन्धित सामग्री

चाँदी नदीमा स्काभेटर प्रयोग गर्न चन्द्रपुर नगरपालिकाले दियो अनुमति

रौतहट : राष्ट्रिय गौरवको योजनाको नाममा चन्द्रपुर नगरपालिकाले क्रसर संचालकलाई मनोमानी रुपमा खोला उत्खनन गर्न अनुमति दिएको छ। आश्रय निर्माण सेवालाई चाँदी खोला उत्खनन गर्न १० लाख रूपैयाँमा अनुमति दिएको हो।पालिकाले अर्को एउटा कन्ट्रक्सनलाई बाग्मती उत्खनन गर्न पनि अनुमति दिएको छ। स्काभेटर प्रयोग गरेर चाँदीमा उत्खनन गर्न अनुमति दिएपछि चन्द्रपुर नगरपालिकाको चौतर्फी आलोचना हुन थालेको छ।यही जेठ दोस्रो साताबाट बाग्मती र चाँदीमा स्काभेटर प्रयोग गरेर धमाधम नदीजन्य पदार्थ निकालेर तीव्र दोहन भइरहेको स्थानीयहर