भरतपुरको मुहार फेर्न हरेक समय खटिएका छौंः मेयर रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न हरेक समय खटिएको बताएकी छिन्। आईतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको जनताको मुहारमा खुसी ल्याउने गरी खटिरहेको जानकारी दिइन्।