राष्ट्रियसभा उपाध्यक्ष दाहाललाई कोरोना सङ्क्रमण

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। उपाध्यक्षको सचिवालयका अनुसार दाहाललाई हिजो (बुधबार) निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।