ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ खोपगाउँका २० वर्षीय प्रकाश सुनुवारको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो।उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले देखेर खोलाबाट निकाली उपचारका लागि सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पताल लगेका थिए। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।घाँस काट्न जाँदा भीरबाट लडेर मृत्युत्यस्तै पर्