घर नम्बर प्लेटको एक हजार शुल्क लिने निर्णयबाट ललितपुर पछि हट्यो

काठमाडौं : ललितपुर महानगरपालिका सम्पत्ति करसँगै घर नम्बर प्लेटबापतको प्रति प्लेटको शुल्क एक हजार लिने निर्णयबाट पछि हटेको छ।एक हजार बुझाउनुपर्ने महानगरपालिकाको प्रावधानविरुद्ध चर्को आलोचना र विरोध भएपछि यो निर्णयबाट महानगर पछि हटेको हो।महानगरपालिकाले यही साउन ५ र ६ गतेदेखि घर नम्बर प्लेटको एक हजार लिने निर्णय गरेको थियो।शुक्रबार एक सूचना जारी गरि उक्त प्रावधान विषयमा पुनरवलोकन हुने भन्दै तत्काल निर्णय स्थगित गरिएको महानगरपालिकाले जानकारी दिएकाे छ।