काठमाडौं । इञ्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट धनगढीको लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो । ८० जना यात्रुसहित धनगढी गएको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । श्री एयरलाइन्सका अनुसार विमानकाे इन्डिकेटरमा समस्या […]