सिसहनिया उद्योग वाणिज्य संघको अध्यक्षमा बुढाथोकी चयन

कात्तिक २९, दाङ । दाङको सिसहनिया उद्योग वाणिज्य संघको अध्यक्षमा पुर्णबहादुर बुढाथोकी चयन भएका छन् ।  आइतवार सम्पन्न सातौं साधारण सभा एवं तेस्रो अधिवेशनले अध्यक्षमा बुढाथोकीलाई सर्वसम्मत चयन गरेको हो । उनले यसअघि पनि संघको एक कार्यकाल नेतृत्व समालिसकेका छन् ।त्यसैगरी अधिवेशनले वाणिज्य उपाध्यक्षमा भागवत ज्ञवाली (भानु) र  उद्योग उपाध्यक्षमा युवराज सेनलाई चयन गरेको छ । यसैगरी अधिवेशनले महासचिवमा प्रकाश आचार्य, सचिवमा मदन पोख्रेल, कोषाध्यक्षमा भिमबहादुर चौधरी र सदस्यहरुमा गिरबहादुर ज्ञवाली, निमराज चौधरी, जीवन अधिकारी, बसन्ता डिसी, रामबहादुर चौधरी र प्रसान्त बसेललाई सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको कार्यअवधि तीन वर्षको हुने छ ।

सम्बन्धित सामग्री

सिसहनिया उद्योग वाणिज्य संघको अध्यक्षमा बुढाथोकी

दाङको सिसहनिया उद्योग वाणिज्य संघको अध्यक्षमा पूर्णबहादुर बुढाथोकी चयन भएका छन् ।संघको सातौ सधारण सभा तथा तेस्रो अधिवेशनले वुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको वाणिज्य उपाध्यक्षमा भागवत ज्ञवाली (भानु) उद्योग उपाध्यक्ष युवराज सेन, महासचिवमा प्रकाश आचार्य, सचिवमा मदन पोखरेल, कोषाध्यक्षमा भीमबहादुर चौधरी रहेका छन् ।समितिका सदस्यहरुमा गिरबहादुर ज्ञवाली, निमराज चौधरी, जिवन अधिकारी, […]