लमजुङमा तीन दिनमा १७० हेक्टर वनमा आगलागी

लमजुङमा तीन दिनको अवधिमा करिव २०० हेक्टर वनमा आगलागी भएको छ । बेंसीशहर नगरपालिका २ भकुण्डे, चिसापानी, नरुवल, वडा नं. ९ को विम्दाबेंसी, बेंसीशहर नगरपालिका ३ गाउँशहरलगायतको क्षेत्रमा भीषण आगालागी भएको हो । डिभिजन वन कार्यालय लमजुङका अनुसार बेंसीशहर नगरपालिका २ भकुण्डेको सूर्यमुखी बास्तले सामुदायिक वन, वडा नं. २ कै चिसापानीको जैरेनी पातल सामुदायिक वन, जग्रेनी सामुदायिक वन नरुवल पाखाथोक, बेंसीशहर नगरपालिका ९ विम्दाबेंसीको मुलाबारी सामुदायिक वन, वडा नं. ३ गाउँशहरको पालेको वन सामुदायिक वन क्षेत्रमा आगलागी भएको हो ।