काठमाडौं । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । […]