अफगानिस्तानमा तालिबानको इस्लामिकअमीरात (इमिरेट) सरकारले जंगल फाँड्न र दाउरा बेच्न प्रतिबन्ध लगाएको छ। तालिबानका शीर्ष प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारले दाउरा व्यापारलाई गैरकानुनी घोषणा गरेको जानकारी दिए। कसैले यो नियम उल्लंघन गरे कठोर सजाय दिइने पनि उनले स्पष्ट पारे।मुजाहिदले ट्वीट गर्दै जंगल फाँड्नु, दाउरा बेच्नु र यसको कारोबार गर्नु अपराध भएकाले सुरक्षाकर्मी र अधिकारीले रोक्नुपर्ने माग गरेका छन्। अफगानिस्तानको कुल क्षेत्रफलको ५ प्रतिशत भूभागमा मात्र जंगल छ। अधिकांश वन देशको पूर्वी पहाडी क्ष