मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

४ माघ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको वीरगञ्जस्थित घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका –१३ तेजारथ टोलस्थित घरमा ढुङ्गा प्रहार भएको हो । प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जलाई राजधानी बनाउन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका छन् । […]

सम्बन्धित सामग्री

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गर्ने पक्राउ

वीरगञ्ज महानगरपालिका-१३, तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार वीरगञ्ज–१ का २६ वर्षीय सुमन पटेललाई पक्राउ गरिएको हो ।  वीरगञ्ज महानगरपालिका-८, घण्टाघरबाट प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । ...