नेपालमा पनि भेटिए मंकिपक्स संक्रमित

काठमाडौं : नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी मंकिपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिए। ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो’, विज्ञप्तिमा भनिएको छ, “ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स संक्रमण पुष्टि