त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

काठमाडौँ । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएका हुन् । तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकामा पर्ने झोलुंगे पुल वा […]