आजु मिथिला नगरिया नेहाल सखिया… चारो दुल्हा मे बडका कमाल सखिया… (आज मिथिला नगर खुसी छ चारमध्ये ठूला दुलहा गतिला छन्) जनकपुरधामका चोक र गल्लीमा हिजोआज विवाहको माहोल झल्काउने यस्तै गीत गुन्जिरहेका छन्। देशभित्रैका र भारतबाट आएका श्रद्धालुहरूको थेगिनसक्नु भिड छ। यी श्रद्धालुहरूको एउटै उद्देश्य छ– भगवान् राम र सीताको विवाहको उत्सवमा सहभागी हुनु। साताव्यापी […]