ओलीलाई लक्षित गर्दै गृहमन्त्रीले भने- बयान दिन नगए सरकारले सहयोग गरेर आयोगमा उभ्याउँछ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएका घटनामा मुछिएकाहरूबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा कोही बयान दिन नआए सरकारले सहयोग गरेर ल्याउने बताएका छन् । आइतबार गृहमन्त्रालयमा जेन–जी २.० समूहसँग भेटघाटका क्रममा बोल्दै अर्यालले गौरीबहादुर कार्की नेतृत्वको आयोगको अधिकार र सरकारको भूमिकाबारे उनले यस्तो भनेका हुन् । […]