काठमाडौं– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान कुशल भुर्तेलले विराटनगरविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।