हिमाली कथावाचिका

“म आर्थिक संकटलाई धन्यवाद दिन्छु। पछिल्लो समय जे जति गरेँ, त्यो आर्थिक संकटले गर्दा भएको हो,” गत असोजमा काठमाडौँको बौद्धमा भेटिएकी सोफी लाभो भन्दै थिइन्। सन् २००८ मा आर्थिक मन्दीले पश्चिमा राष्ट्रमा ठूलै संकट निम्त्यायो। धेरैले रोजगारी गुमाए, व्यापार-व्यवसाय चौपट भयो। त्यो संकटमा व्यवसाय गुमाउनेमध्ये एक थिइन् सोफी। उनी स्विट्जरल्यान्डमा दाइसँग मिलेर वित्तीय कम्पनी चलाउँथिन्। […]