इबोला भाइरसको संक्रमण फैलिन नदिन अमेरिकी सरकारले देश भित्रिने हवाई यात्रुहरूका लागि थप कडा प्रतिबन्ध लागू गर्ने भएको छ। एक सरकारी ज्ञापनपत्र अनुसार, अब अमेरिका यात्रा गर्ने सबै यात्रुले पछिल्लो २१ दिनमा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो भ्रमण नगरेको स्वघोषणा गर्नुपर्नेछ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मे महिनामा कङ्गो भ्रमण गरेका यात्रुहरूलाई अमेरिका प्रवेशमा रोक […]