दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम हुँदै गएको उल्लेख गर्दै अझै बाहिर रहेका सबैलाई एकताबद्ध बनाउन आफूहरू तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य […]