बासना थापाले दिइन् केन्द्रीय सदस्यमा उमेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री बासना थापाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिएकी छन् । मंगलबार थापाले केन्द्रीय सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएकी हुन् । पार्टी संगठनमा सक्रिय थापा ०६१ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेकी थिइन् । उनी हाल प्रतिनिधिसभा सदस्य एवं प्रमुख सचेतक समेत हुन् ।