विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई  सुचारु गर्न माग गरेका छन् ।  जेन-जी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो ।   उनका अनुसार दैनिक विद्युत् अवरोध हुँदा जनताले सास्ती भोग्न परेको छ । […]