बेलायतको हस्पिस सेवा: मानवीय संवेदना र करुणाको अनुपम उदाहरण

मैले उनीहरूलाई प्रस्ताव राखेँ, 'अबदेखि तपाईंहरूले आफ्नो बैठक यहीँ गर्नुस्। जति जना आउनुहुन्छ, प्रतिव्यक्ति एक पाउन्ड हस्पिसका लागि सहयोग गरौँला। तपाईंहरूका लागि हामी सोमबार पनि बुफे व्यवस्था गर्छौं।' त्यतिबेला हाम्रो बुफेको मूल्य लगभग ७ पाउन्ड थियो। उनीहरू यो कुरा सुनेर धेरै खुसी भए। यो सिलसिला लामो समयसम्म चल्यो। केही वर्षपछि यो कार्यक्रम समापन गर्ने बेलामा उनीहरूले हामीलाई एउटा पत्र पठाए।