देशका ४ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको हाे। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी -हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। साथै तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । त्यस्तै, […]