विद्युत नियमन आयोग ले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुलसम्बन्धी पञ्चकन्या समूहका उद्योगहरूले दायर गरेको उजुरीमा अन्तिम निर्णय गरेको छ। आयोगको इजलासले आज पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टील प्रालिको मागदाबी नपुग्ने भन्दै उजुरी खारेज गरेको हो। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत आपूर्ति लिएका उपभोक्तालाई बक्यौता […]