काठमाडौँ । प्रहरीले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट ८७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार स्विप अपरेसन सञ्चालन गरी ७५ जना र फरार प्रतिवादी तथा अनुसन्धानमा रहेका १२ जनालाई पक्राउ गरिएको हो। कार्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको स्विप अपरेसनका क्रममा पक्राउ परेकाहरूको आपराधिक विवरण […]