काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार घटनाको कारण र परिस्थितिबारे अझै स्पष्ट भइसकेको छैन । कोलम्बियाको मानव अधिकारसम्बन्धी संस्था कर्पोरेसन फर पिस एन्ड सोसल डेभलपमेन्ट (कर्पेड्स) का अनुसार प्रारम्भिक विवरणले घटना फिरौती असुलीसँग सम्बन्धित हुन सक्ने सङ्केत गरे […]