बनेपामा ललितपुर र प्रोफेसनलको जित - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपा दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता पहिलो दिन सोमवार ललितपुर उपमहानगरपालिका र प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी विजयी भएका छन्। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको पहिलो खेलमा ललितपुरले महाभारत गाउँपालिकालाई २५-३,२५-५,२४-१४ ले हरायो। दोस्रो खेलमा प्रोफेसनलले पनौती नगरपालिकालाई २५-११,२५-१५,२५-२० ले पराजित गर्यो। बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको