बाढीले क्षतविक्षत रसुवामा राहत बोकेर पुगिन् समाजसेवी भागीरथा, घरैपिच्छे काजक्रिया र हारगुहार

१८ घण्टाको जोखिमपूर्ण यात्रा पार गर्दै चिलिमेसम्म पुगेर खाद्यान्न र सोलार वितरण; धादिङ र नुवाकोटपछि रसुवाका दुर्गम बस्तीमा मलम लगाउने प्रयास रसुवा — भोटेकोशी र त्रिशूली नदीको बाढीले रसुवामा पारेको जनधनको भीषण क्षतिपछि पीडितको घाउमा मलम लगाउन समाजसेवी भागीरथा विष्ट (सुधा कुमार) राहत सामग्री बोकेर प्रभावित बस्तीमै पुगेकी छन् । मुसलधारे वर्षा र पहिराका कारण […]