संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको ऋण व्यवस्थापन सहज बनाउन ब्याजदर पुनरावलोकन र किस्ता भुक्तानीमा सहजीकरण गर्ने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले लिएको ऋण व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग संवाद भइरहेको […]