ललितपुर भैँसेपाटी आवास क्षेत्र भीआईपी एरियाका रूपमा चिनिन्छ। तर, यसकै सय मिटर परको दक्षिण–पश्चिम बाटो हिलाम्मे छ। ‘मोन्था’ चक्रवातको असरले देशभर वर्षा भइरहँदा यो बाटो हिँड्ने स्कुले विद्यार्थीहरूको दिनचर्या कठिन देखिन्छ। बिहीबार बिहान यही बाटो भएर एक बालिका विद्यालय जाँदै थिइन्, खुट्टामा लाउनुपर्ने स्कुलको जुत्ता हातमा बोकेर। रातो प्लास्टिकको चप्पलमा चिप्लिने हो कि भन्दै, सन्तुलन […]