काठमाडौँ महानगरले भन्यो- फोहोरमैला घरमै राख्नू

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएकाले फोहोरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज (शुक्रबार) एक सूचना जारी गर्दै फोहोरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो। उपत्यकाको फोहोरमैला अन्तिम विसर्जन स्थल बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएकाले […]