स्वतन्त्र चालक फाउन्डेसनले उपचारका क्रममा निधन भएका पाथाओ राइडर गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। फाउन्डेसनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार र वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई स्वागत गरेको छ। असार २८ गते जारी प्रेस विज्ञप्तिमा फाउन्डेसनले सहमतिअनुसार उच्चस्तरीय स्वतन्त्र […]