कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ। श्रीलङ्का पेट्रोलियम कर्पोरेसनले मङ्गलबारदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँले घटाएर ३८२ रुपैयाँ र पेट्रोलको मूल्य २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ कायम गरेको जनाएको छ। यो कटौती करिब छ प्रतिशतसम्म रहेको बताइएको छ। […]