दुई दिनमा बस्ती खाली गरियो, अब होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम

काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाएपछि सरकारले त्यहाँका बासिन्दालाई होल्डिङ सेन्टरहरूमा ल्याएर राखेको थियो। अहिले आएर पाँच दिनभित्र डेरा खोजेर सर्न सूचना जारी गरिएपछि उनीहरूको बिचल्ली भएको छ।