जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड सेन्सेइले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’ नामक आकर्षक उपभोक्ता योजना सार्वजनिक गरेको छ । दैनिक जीवनलाई थप सहज र आधुनिक बनाउने घरायसी उपकरणहरूसँगै ग्राहकहरूलाई विशेष लाभ र उत्साह प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । […]