राष्ट्रसंघको चेतावनी- गाजामा नागरिकको हत्या जारी रहनेछ

गाजा। मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले इजरायली आक्रमणका कारण गाजामा नागरिकको हत्या निरन्तर जारी रहने चेतावनी दिएको छ। कार्यालयले युद्धविरामपछि पनि हिंसाको ग्राफ बढ्दै गएको र दुई वर्षदेखि जारी विनाशको गहिरो प्रभाव कायमै रहेको जनाएको छ। विज्ञप्ति जारी गर्दै उच्चायुक्तको कार्यालयका निर्देशक अजित सुङ्गाईले रक्तपात रोक्न तथा पुन:स्थापना र पुनर्निर्माणका लागि मानवअधिकारमा आधारित दृष्टिकोण […]