अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको बताएका छन्। उनले अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नैपर्ने टिप्पणी गर्दै भने, “हामीलाई ग्रीनल्याण्ड खनिजका लागि मात्र होइन, मुख्यतया राष्ट्रिय सुरक्षाका लागि चाहिएको हो।” उनले उक्त क्षेत्रमा चिनियाँ र रुसी जहाजहरूको बढ्दो उपस्थिति सम्भावित खतरा हुनसक्ने समेत उल्लेख गरे। जनवरीमा पुनः ह्वाइट हाउस फर्किएयता ट्रम्पले ग्रीनल्याण्डप्रतिको […]