काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका तीनथान हतियारसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका १‚ कैलालीका २३ वर्षीय शिवराज धमला छन्। उनलाई तारकेश्वर नगरपालिका ११ बाट बिहीबार साँझ पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) काजीकुमार आचार्यले बताए। आचार्यका अनुसार धमलालाई उनकै डेराबाट हतियारसहित पक्राउ गरिएको हो। “प्रहरीबाट लुटिएका हतियार […]