स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

संघीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता,भाषा,संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइन्। यसका लागि तीनै तहका सरकारबीच समन्वय,स्रोतसाधनको सुनिश्चितता तथा संस्थागत र प्राविधिक क्षमता विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।