मलेसिया श्रमिक प्रकरणमा २५ म्यानपावरको आर्थिक विवरण छानबिन, १५ दिनभित्र कागजात बुझाउन निर्देशन

मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य कम्पनीका रूपमा राखिएको विषय विवादमा रहेका बेला वैदेशिक रोजगार विभागले २५ वटा म्यानपावर कम्पनीको आर्थिक तथा व्यावसायिक कारोबारमाथि विस्तृत विवरण मागेको छ। मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ म्यानपावरलाई विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ अनुसार पत्र […]