सरकारले नागरिक लगानी कोषको पुँजी आधार बलियो बनाउँदै लगानी गर्न सक्ने क्षेत्र र वित्तीय उपकरणको दायरा फराकिलो बनाउने तयारी गरेको छ। यसका लागि प्रतिनिधिसभामा पुगेको नागरिक लगानी कोष ऐन संशोधन विधेयकले कोषलाई सेयर बजारसहित विभिन्न वित्तीय उपकरणमा लगानी गर्न थप स्पष्ट र विस्तारित कानुनी आधार दिने प्रस्ताव गरेको छ। विधेयकले कोषको अधिकृत पुँजी हालको ८ […]