भोटेकोशी बाढीमा यातायात क्षेत्रको ठूलो क्षति, १९१ सवारी प्रभावित र ३४४ जना बेपत्ता

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सार्वजनिक तथा मालवाहक यातायात क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार महासङ्घअन्तर्गतका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार ती सवारीसाधनसँग सम्बन्धित चालक, सहचालक र यात्रु गरी ३४४ जना बेपत्ता छन्। महासङ्घको विवरणअनुसार नेपाल अरनिको […]