८ विश्वविद्यालयका उपकुलपति छनोटका लागि २१८ आवेदनमध्ये योग्य दरखास्त स्वीकृत

त्रिभुवन विश्वविद्यालयसहित देशका ८ वटा विश्वविद्यालयमा उपकुलपति सिफारिस प्रक्रिया अघि बढाइएको छ । “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” अनुसार प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका […]