रवि–बालेनको उदय र गगनको संकट: कांग्रेस अब कता?

राजनीतिमा कहिलेकाहीँ एउटा प्रश्न नै यति भारी हुन्छ कि त्यसको जवाफ नदिएर पनि मानिसले धेरै कुरा बोलिसकेको हुन्छ। कांग्रेस सभापति बनेपछि पहिलो सार्वजनिक कार्यक्रममा गगन थापालाई सोधिएको त्यस्तै एउटा प्रश्न थियो— राजसंस्थाबारे उनको स्पष्ट अडान के हो? गगनले सिधा उत्तर दिएनन्। तर अहिलेको नेपाली राजनीतिमा प