राष्ट्र बैंकको कमजोर र अपरिपक्व नीतिको कारण समस्यामा नेपालको बैंकिङ क्षेत्र

राष्ट्र बैंकको नीतिगत कारण समग्र बैंकवित्त क्षेत्रदेखि अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । बैंक तथा वित्तीय क्षेत्र पछिल्ला वर्षहरूमा संरचनात्मक परिवर्तन, नीतिगत पुनरावलोकन र समायोजनको चरणबाट गुज्रिरहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त संस्थाहरूको संख्या घट्दै जाँदा सेवा विस्तार, शाखा पुनर्संरचना र डिजिटल बैंकिङतर्फ तीव्र रूपान्तरण हुन थालेको छ । […]