नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ महाधिवेशनबाट चुनिएका आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्नेछ । पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै छलफलमा जुटेको खड्का समूहले १५औँ महाधिवेशनको तयारी गर्ने कि अलग बाटो रोज्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने बुझिएको छ । […]