काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे छ। उहाँले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा समेत गर्नुभएकाे हाे। यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानून अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख […]